पूर्व राजा शाहले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने
वि.सं.२०८१ असोज १८ शुक्रवार ०६:१२
949
shares
shares

पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
पूर्व राजा शाह र पूर्व रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।
पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।













