“हजारको नोट” बोलको गित सार्वजनिक

  • गायक कस्तुप पन्तको शब्द तथा संगित
  • गायक कस्तुप पन्तको शब्द तथा संगित रहेको “हजारको नोट” बोलको गित सार्वजनिक भएको छ ।

    “हजारको नोट” बोलको गितमा लोकप्रिय गायक हिमाल सागर तथा गायिका अनु चौधरीको आवाज रहेको छ । जसमा मोडल कृति भट्टराई र गायक हिमाल सागरको अभिनय रहेको छ । शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गितको भिडियो सार्वजनिक भएको हो ।

    सुमन राना र खुमन राना रेकर्डिस्ट रहेका सो गितलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।

    बान्दे प्रसादको सम्पादन रहेको सो भिडियोको छायांकन रामशरण उप्रेतीले गरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको सो भिडियो सारथि म्युजिकले बजारमा ल्याएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation