अष्ट्रेलिया जाने विद्यार्थीहरुको स्वास्थ्य परीक्षण अल्फा केयरमै हुने
वि.सं.२०८१ असोज २२ मंगलवार ११:२०
shares

अल्फा बीटाले सोमबार नयाँ बानेश्वरस्थित अल्फा बीटा कम्प्लेक्समा आयोजना गरेको दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रमबीच आफ्नो भगिनी संस्था अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर (अल्फा केयर)ले अष्ट्रेलियाली प्यानल फिजिसियन्स नेटवर्कअन्तर्गतको प्यानल क्लिनिकको उदघाटन गरेको छ ।
अब उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको नयाँ बानेश्वरस्थित अल्फा केयरमै स्वास्थ्य परीक्षण हुने भएको छ ।
उक्त कार्यक्रममा अतिथिका रुपमा अष्ट्रेलियाली दूतावासका नियोग उपप्रमुख ग्रेग क्लेम, अष्ट्रेलियाली दूतावासका प्रथम सचिव तथा कन्सुलर एडान बोरेहम, नयाँ दिल्लीस्थित क्यानडा उच्च आयोगकी वाणिज्यमन्त्री जेनिफर डाउबेनी, अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव सहभागी थिए ।
यसैगरी अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा, अमेरिकी दूतावासका लागि राजनीतिक, आर्थिक, एसियाली मामिला संयोजक कुञ्जा राई, बेलायती राजदूतावासका व्यापार तथा लगानी विभाग प्रमुख अनुप श्रेष्ठ, अस्ट्रेड दक्षिण एशियाका सिनियर डाइरेक्टर मुस्ताफिजुर रहमान, नेदरल्यान्ड्सका लागि अवैतनिक महावाणिज्यदूत दिपकराज सापकोटा, कोष्टारिकाका लागि महावाणिज्यदूत मनिष थापा र एनआरएनएका अध्यक्ष बद्रीबहादुर केसीको कार्यक्रममा उपपस्थिती रहेको थियो ।
यसका साथै अल्फा बीटाले नेपालका विभिन्न प्रतिष्ठित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरू लिएर अष्ट्रेलिया फेम ट्रिप आयोजनाको घोषणा गरेको छ । यस ट्रिपको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेका विद्यार्थी, उनीहरुले अध्ययन गर्ने युनिभर्सिटीका बारेमा बुझ्ने रहेको छ ।










