प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

वि.सं.२०८१ असोज ३० बुधवार १५:४८
104
shares
shares

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त शिष्टाचार भेट भएको हो ।
भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।