नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
वि.सं.२०८१ कात्तिक २ शुक्रवार ११:४३
1.6K
shares
shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ ।
यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ ।
बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ ।










