अबदेखि लाइसेन्स बोकिरहन नपर्ने, जरिवाना पनि डिजिटल पेमेन्ट गर्न सकिने
वि.सं.२०८१ कात्तिक ३ शनिवार १५:२२
shares
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
अबदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स कार्ड) बोकिरहन नपर्ने भएको छ ।
सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक सञ्जालमार्फत नागरिक एप मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था समेत गरिएको बताएका छन् ।
यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको र सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ ।











