सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति ?

चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढ्यो

1K
shares

साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ ।

शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।