रास्वपा सांसदविरुद्व राजद्रोहसम्बन्धी जाहेरी

897
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदविरुद्व युवराज पौडेल ‘सफल’ले राजद्रोहसम्बन्धी जाहेरी दिएका छन् ।

पौडेलले मंगलबार जिल्ला प्रहरी परिसर भद्रकालीमा रास्वपाका सांसदहरु डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, हरि ढकाल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, डा. तोसिमा कार्की, गणेश पराजुली, मनिष झा र सन्तोष परियारविरुद्व जोहरी दिएका हुन् ।

रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि उनीहरुले सरकार र अदालतले गर्ने काम कारबाहीमा अवरोध गरेको पौडेलले जाहेरीमा उल्लेख गरेका छन् ।

रास्वपाका सांसदहरुले मुलुकी अपराध संहिता–२०७४ को दफा ५० राजद्रोहसम्बन्धी व्यवस्थाको उपदफा ३ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ४ बमोजिम ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना मागदाबी गरिएको छ ।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text