सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज तोलाको कति ?

चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढ्यो

1.68K
shares

बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार एकै दिन प्रतितोला ८ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यसअघि मंगलबार १ लाख ६५ हजार ९ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ ।

मंगलबार तोलामा २ हजार १ सय रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर २ हजार १ सय ३५ रूपैयाँमा कारोवार भइरहेको छ ।