माओवादी केन्द्रको खबरदारी सभा (लाइभ हेर्नुहोस्)

  • नेकपा (माओवादी केन्द्र)ले काठमाडौँमा खबरदारी सभा गरेको छ ।

    माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित खबरदारी सभा गरेको हो । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

    त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ ।

    सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

    लाइभ हेर्नुहोस् :

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation