एमाले कार्यालयमा नाङ्गो खुकुरीको नाच, बैठकमै खुकुरी लिएर आएपछि…(भिडियोसहित)

1.08K
shares

नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव मन्दिरा श्रेष्ठले आज च्यासलमा नाङ्गो खुकुरी प्रदर्शन गरेकी हुन । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कात्तिक १० र ११ गते लोकतान्त्रिक आदिवासी जनजाति महासंघले तेस्रो बैठकको आयोजना गरेको थियो । बैठक शुभारम्भ हुनु अगाबै नेकपा एमाले बागमती प्रदेश सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल केन्द्रिय सचिव श्रेष्ठ एक्कसी नाङ्गो खुकुरी हल्लाउदै प्रदर्शन गरेकि हुन । खुकुरी प्रदर्शन गरि रहेकी श्रेष्ठबाट खुकुरी खोस्न प्रहरी साहायक निरीक्षक सरस्वती खनालले प्रयास गरेको भिडियोमा देखिन्छ । तर पनि झन माथि माथि नाङ्गो खुकुरी हल्लाउदै भिड तर्फ अघि बढेको भिडियोमा देखिन्छ ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव पेम्बा भोटे गुरुङ्गलाई महासंघले कार्बाहि गरे देखि सचिव श्रेष्ठ रुष्ट हुदै आएको बताइएको छ ।

नांगो खुकुरी चलाएको बिषयमा सचिव श्रेष्ठलाई प्रहरीले सोधपुछ गरेको छ ।

खुकुरी प्रदर्शन समेत भए पछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली बैठक स्थलमा पुगे पछि बैठक संचालन भै आजै सम्पन्न भएको बताएको छ । दुई दिन भनेको बैठक एकै दिनमा सम्पन्न भएको हो ।