नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति ?

936
shares

नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २२ सय रूपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ ।

मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार १ सय २० रूपैयाँमा कारोवार भइरहेको छ ।