रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, एजेण्डा के छ ?
वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १२:०४
1.24K
shares
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
शनिबार बिहान साढे ११ बजेको लागि केन्द्रीय समिति बैठक बोलाइएको सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
उनका अनुसार केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरिने सह–महामन्त्री बुर्लाकोटीले बताउनुभयो ।












