मानव तस्करीमा मुछिएका कोसीका पूर्वमन्त्री अधिकारी पक्राउ
वि.सं.२०८१ कात्तिक २५ आइतवार १३:०३
2.83K
shares
shares

मानव तस्करीमा मुछिएका कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिला वल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको र आजै काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो ।






