ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तिमाल गाउँपालिकाका बाढी पिडितलाई रकम तथा खाद्यान्न वितरण
वि.सं.२०८१ कात्तिक २५ आइतवार १९:४०
2.43K
shares
shares

ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तिमाल गाउँपालिकाका बाढी पिडितलाई रकम तथा खाद्यान्न वितरण गरेका छन् । गत असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्षती पुर्याएको काभ्रे तिमाल ठुलोपर्सेलका पीडितहरुलाई आर्थिक सहयोगका लागि काभ्रे तेमाल-ठूलो पर्सेलका युवाहरु राज लामा, सिजन लामा, डेनी तामाङ र मुक्ते लामाको पहलमा ठूलो पर्सेल युवा क्लबको साझेदारिमा सुरु गरीएको अभियान सफल बनाई काभ्रे -तेमालको युवाहरुले संकलन गरेको रकम ७,५४,८३५ रुपैयाँ हिजो बाढी पिडितहरुलाई नगद रकम साथै दाल, चामल, तेल, नुन जस्ता खाद्यन्न सामग्री समेत हस्तान्तरण गरिएको छ ।













