लोक गायक तथा सर्जक बलवीर थापालाई ब्लड क्यान्सर, आर्थिक सहयोगको अपिल (भिडियो)
वि.सं.२०८१ कात्तिक २६ सोमवार १४:०६
shares

लोक गायक तथा सर्जक बलवीर थापालाई ब्लड क्यान्सर देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ । लामो समय लोकसंगीतमा बिताएका थापालाई केही समय अघि ब्लड क्यान्सर देखिएको हो ।
नेपाल प्रहरी अस्पतालमा उपचार गर्दा गर्दै थापालाई थप उपचारको लागि भारतको नयाँदिल्लीमा रहेको राजिब गान्धि क्यान्सर हस्पिटलमा भर्ना गरिएको छ । उपचारमा आर्थिक समस्या देखिएपछि उनले आफन्त तथा शुभचिन्तकसँग सहयोगको अपिल गरेका हुन् ।
तनहुँको भानु नगरपालिका–७, गैह्रीगाउँमा जन्मिएका थापाले दर्जनौं गीतहरुमा स्वर भरेका छन् । ‘लाज मानेर’, ‘नहेर मायाले लान्छु तानेर’, ‘माया चन्चले’, ‘लाज लागे मुख छोप नीर गम्छाले’, ‘तिमी बिना एक्लो भाछु म’ लगायतका थुप्रै गीतमा स्वर भरेका छन् ।
उनी आफैँले आफुलाई मेडिकल चेकजाँचको क्रममा ब्लड क्यान्सर देखिएको र चिकित्सकको सल्लाह बमोजिम तत्कालै सघन उपचार गर्नुपर्ने भएकोले आर्थिक सहयोगको लागि अपिल गरेका हुन् । उपचार अत्यन्तै महंगो रहेको र उक्त खर्च आफु र आफ्नो पारिवारिक आर्थिक अवस्थाले मात्रै उपचार सम्भव नहुने भएको भन्दै आर्थिक सहयोगको लागि हार गुहार गरेका छन् ।
थापाले स्वदेश तथा विदेशमा रहने कलाकारहरु, विभिन्न संघसंस्था, क्लब, समूह तथा सहयोगी एवंम् समाजसेवी व्यक्ति तथा व्यक्तित्वहरुमा सहयोगको आशा राखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई दया, माया गर्नु भईं जो जस्ले आ–आफ्नो ठाउँ बाट साथ सपोर्ट सहयोग गर्नुहुने सबैसबैमा म मृत्यु को मुखमा पुगि सकेको बल बीर थापाको तर्फबाट हार्दिक नमस्ते अनि धेरै धेरै धन्याबाद छ है हजुरहजुरहरुले मलाई यति ठुलो गुण लगाउनु भाछ की सायद यो जुनिमा त के सयौ जुनि सम्म पनि तिर्न सक्दिन होला । म मरे पनि मलाई हजुर हरुको धेरै माया बोकेर मर्न पाउदा मलाई गर्ब । म अहिले राजिब गान्धि क्यान्सर अस्पताल दिल्लीमा छु भन्ने जान्कारी पनि गराउछु ।’
उनले आफ्नो बैंकको खाता समेत सार्वजनिक गरेका छन् । एनआईसी एशिया बैंकको खाता नम्बर ५४५५९८१५२७५२४००१ मा आफूसक्दो सहयोग गरिदिन बिन्ती बिसाएका हुन् । सहयोगको लागि क्यू आर कोर्डलाई पनि स्क्यान गर्न सकिन्छ ।

थापाको उपचारको लागि विभिन्न समूह तथा कलाकारहरुले आर्थिक सहयोग जुटाउन थालेका छन् ।
भिडियो :













