पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
वि.सं.२०८१ मंसिर २ आइतवार १६:५१
988
shares
shares

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
आइतबार दिउँसो दुई बजे फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
उनी कलेजो रोगबाट पीडित थिए । उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए । त्यसपछि उनी सभामुख भएका थिए ।
पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित बहसहरु भइरहेको थियो ।













