नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदी घट्यो

1.65K
shares
काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।
मङ्गलवार तोलामा १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मङ्गलवार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार ५ रुपैयाँले घटेर  १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।