एमालेको जागरणसभा सुरु (तस्बिरहरु)
वि.सं.२०८१ मंसिर ७ शुक्रवार १४:१९
949
shares
shares

काठमाडौं । नेकपा एमालेको जागरणसभा सुरु भएको छ ।
दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सभा सुरु भएको हो ।
एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ ।
एमालेले सभाअघि विभिन्न स्थानबाट र्याली निकालेको थियो । अहिले दरबारमार्गमा एमालेका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
उता, कोटेश्वरमा दुर्गा प्रसाईंका समर्थकहरु पनि प्रदर्शनमा छन् ।











