राहदानी वितरणको काम ठप्प, कहिलेबाट खुल्छ ?

936
shares

काठमाडौं । प्राविधिक कारण देखाउँदै अनिश्चितकालका लागि राहदानी वितरणको काम रोकिएको छ ।

यो समस्या बुधबारदेखि नै आएको हो । विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको विभागले जनाएको छ ।

यो समस्याका कारण तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्नेहरु प्रभावित भएका छन् ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताउँछन् ।

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ ।