आजबाट धरहरा चढ्दा शुल्क लाग्ने, फोटो खिच्दा पनि पैसा लाग्ने

1.03K
shares

काठमाडौं । आजबाट धरहरा चढ्दा र पार्किङको पनि शुल्क लाग्ने छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् ।

यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ ।

धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क तोकिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले धरहरा सशुल्क गर्ने निर्णय गरेको थियो ।