रविमाथि अनुसन्धान थर्न १५ दिनको म्याद थप

1.46K
shares

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

भीमलाल बेलबासेको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । सो म्याद शुक्रवार सकिएको थियो । तर शनिवार सार्वजनिक बिदा भएका कारण आज म्याद थप भएको हो ।

उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लामिछाने कात्र्तिक २ गते आफ्नै पार्टी हेडक्वार्टरबाटै पक्राउ परेका थिए ।