अदालतले भन्यो- दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउनू

1K
shares

काठमाडौं । किर्ते, साइबर क्राइम र सम्पत्ति शुद्धीकरणसहितको अभियोग लागेका विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

१० दिनको म्याद थप भएपछि अनुसन्धानका लागि प्रहरी थुनामा रहेका प्रसाईंलाई तत्काल रिहा गर्न उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।

अन्तरिम आदेशको माग गरेका थिए । तर कति दिनभित्र उपस्थित गराउने भन्ने बारे अहिले खुलेको छैन ।