सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो
वि.सं.२०८१ मंसिर १० सोमवार १४:१८
1.3K
shares
shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो ।













