आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा
वि.सं.२०८१ मंसिर १४ शुक्रवार १०:०३
1.55K
shares
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ ।
कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो ।
स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो ।













