स्थानीय तहको उपनिर्वाचन : काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

819
shares

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ ।

काठमाडौं महानगरपालिका– १६ को वडाध्यक्षमा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।

उनले निकटम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का  लक्ष्मी रत्‍न तुलाधरलाई हराउँदै विजयी भएकी हुन् ।

रास्वपाकी उम्मेदवार श्रेष्ठले २९ सय २ मतका साथ विजयी हुँदा एमाले का वडाध्यक्षका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले दुई हजार २२० मात्रै मत पाए ।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले दुई हजार २१४ मत पाए ।