नेपाल आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ : उपप्रधानमन्त्री सिंह

923
shares

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको नयाँ संविधान लागू भएदेखि देशको सङ्घीयता ढाँचामा परिवर्तन आएको बताएका छन् ।

बिहीबार आर्कबिल्ड एक्सपो २०२४ को विशेष समारोहमा बोल्दै मन्त्री सिंहले नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको बताएका हुन् ।

उनले भने, ‘नेपालको नयाँ संविधान लागू भएदेखि देशको सङ्घीयता ढाँचामा परिवर्तन आएको छ । साथै नेपाल अहिले आधुनिक विकासतर्फ अगाडि लम्किरहेको छ । सन् २०२६ सम्म अधिकतम विकसित राष्ट्रबाट विकशील राष्ट्रको श्रेणीमा स्तर उन्नति हुने प्रयासमा हाम्रो देश नेपाल रहेको छ ।’

साथै उनले विकास निर्माणको प्रयासमा खास गरी स्वदेशी विदेशी ठुलो लगानी प्रविधि र विज्ञताको आवश्यकता रहेको बताए । उनले जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरूले विकासका प्रयासहरूलाई ओझेलमा पारेकाले सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चित गर्ने गरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतीहरू रहेको बताए ।

उनले भने, ‘हालको वर्षहरूमा जलवायु परिवर्तनका साथै अन्य विपद्का घटनाहरूमा बढोत्तरी भई विकासका प्रयासहरूलाई ओझेलमा पार्ने गरी विनाशकारी प्रभावहरू परेका छन् । यसका लागि हामीले हाम्रो सहर र समुदायहरूलाई दिगो भविष्य सुनिश्चित गर्ने गरी समाधानका उपायहरू खोजी गर्न आजको चुनौतीहरू रहेको छ ।’