पूर्व गृहमन्त्री लामिछानेलाई काठमाडौं ल्याइयो, पर्सा पठाइँदै

1.82K
shares

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याइएको छ ।

लामिछानेलाई बयानका निम्ति हवाई मार्ग हुँदै पर्सा पठाउन काठमाडौं ल्याइएको हो । लामिछानेलाई काठमाडौँ विमानस्थलबाट साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाउने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले रविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ आदेश लिएको थियो । लामिछानेसँग वीरगञ्ज महानगर–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋृण सहकारी संस्थासम्बन्धी मुद्दामा बयान गरिनेछ ।

यस्तै,सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पु¥याइएको छ । जोशी र खनाललाई सोमबार पर्सा पुर्याइएको छ ।