माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, के छन् एजेन्डा ?
वि.सं.२०८१ मंसिर २७ बिहीवार १०:२६
1.96K
shares
shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको आज स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
यस्तै, बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल पनि हुनेछ ।







