नेपाली बजारमा २२०० ले घट्यो सुनको मूल्य
वि.सं.२०८१ मंसिर ३० आइतवार ११:३०
1.22K
shares
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेर तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आइतबार १ हजार ८४० रुपैयाँ कायम भएको हो ।













