रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो
वि.सं.२०८१ पुस १ सोमवार १५:२१
689
shares
shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीलाई बुझाइएको छ ।
रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
अब प्रतिवेदन सरकारी वकिलले अध्ययन गरेर अदालतमा दर्ता गर्नेछ ।
कार्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।











