नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
वि.सं.२०८१ पुस ४ बिहीवार ११:२६
1.34K
shares
shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।
बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।













