देउवासँग सम्बन्ध बिग्रिएको छैन : शेखर कोइराला

  • धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् ।

    उनले सभापति सबैको साझा व्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताएका हुन् ।

    ३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका वरिष्ठ नेता कोइरालाले शुक्रबार धनगढी विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दाबेदार रहेको बताए ।

    उनले अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने उल्लेख गरे ।

    वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए ।

    सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उनले गरे। वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराए ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation