जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा
वि.सं.२०८१ पुस ७ आइतवार ०९:३१
1.31K
shares
shares

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
पालिकाले सूचना जारी गर्दै आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सबै स्वास्थ्य चौकीमा अत्यावश्यक बाहेक सबैमा स्थानीय बिदा दिइएको जानकारी गराएको छ ।













