
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।
उनीविरुद्ध विभिन्न तीन कसुरमा मुद्दा दायर भएको हो । त्यसमा सम्पत्ति सुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यस्तै, रवि लामिछाने पत्नी निकिता पौडेलसहित ५ जनालाई प्रतिबादी कायम गरिएको छ । पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।