सहकारी ठगी प्रकरणः यी हुन् रवि र छविसहित प्रतिवादी बनाइएका व्यक्ति

689
shares

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणि वास्तोला, देवेन्द्र बाबु राई, विज्ञान राई, लिला पछाईलाई प्रतिवादी बनाइएको छ ।

यसैगरी विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त बाबु राई, ओमप्रकाश गुरुङ, बिरबाहदुर रानाभाट, दिपा न्यौपानेलाई पनि प्रतिवादी बनाइएको छ ।

त्यसैगरी कल्पना कुमारी श्रेष्ठ, ज्ञान बहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिला बहादुर गुरुङ, पेशल कुमार राई, कृष्ण बहादुर गुरुङ, देव कुमार नेपाली, शकुन्तला गुरुङ, मिश्र कुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मी प्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यी प्रतिवादीहरुले मिलेमतो गरी सूर्यदर्शन सहकारी १ अर्व ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपैयाँ तिन पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दा दायर भएकामध्ये ८ जना हाल थुनामै छन् भने ५ जना विरुद्ध रकम फिर्ताका लागि प्रतिवादी बनाइएको छ । यस्तै प्रतिवादी बनाइएकामध्ये २३ जना फरार छन् ।