यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य सूची

1.08K
shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज ठुलो गोलभेँडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेँडा ५५, तिते करेला ९५, लौका ९५, परवर लोकल ९५, परवर तराई १२५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो ३५, भिण्डी १२५, बरेला ७५, पिँडालु ८५, इस्कुस ३०, रायो साग ३५, पालुङ्गो साग ८५, चम्सुरको साग ८५, तोरीको साग ४५, मेथीको साग ८५, हरियो प्याज ९५, बकुल्ला १३५, तरुल ७५, कन्य च्याउ १४६.६७, डल्ले च्याउ ४१०, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ५५ र भेडे खुर्सानी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ६७.६७, गाजर लोकल ९५, गाजर तराई ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ३५, स्थानीय काउली ६५, स्थानीय काउली ज्यापु ६५, तराई काउली ४५, सेतो मुला ४७.६७, लाम्चो भन्टा ७५, डल्लो भन्टा ८५, तने बोडी १२५, मटर कोसा १७६.६७, घिउ सिमी ११० र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलो बिक्री भएको छ ।