आजको तरकारी तथा फलफूलको मूल्य सूची

1.69K
shares

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार कालीमाटीमा आज ठुलो गोलभेँडा ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेँडा ५०, तितो करेला १००, लौका ८०, परवर लोकल ९०, परवर तराई १२०, पाकेको फर्सी ५०, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी १२०, बरेला ७०, पिँडालु ८०, स्कुस २५, रायो साग २०, पालुङ्गो साग ८०, चम्सुरको साग ८०, तोरीको साग ४०, मेथीको साग ८०, हरियो प्याज ६०, बकुल्ला १३०, तरुल ७०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ७० र रातो बन्दा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै, रातो आलु ६०, सेतो आलु ४०, प्याज सुकेको ६५, गाजर लोकल ९०, गाजर तराई ९०, बन्दा लोकल ५०, बन्दा तराई ३५, बन्दा नरिवल ४०, स्थानीय काउली ५०, स्थानीय काउली ज्यापु ७०, तराई काउली ४०, सेतो मुला ३५, लाम्चो भन्टा ७०, डल्लो भन्टा ६०, तने बोडी १२०, मटर कोसा १५०, घिउ सिमी लोकल ९० र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसको साथै, केरा दर्जन १५०, स्याउ फूजी २३०, अनार ३५०, सुन्तला नेपाली ९०, मेवा नेपाली ६० रुपैयाँ प्रति केजी बिक्री भइरहेको छ ।