आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८१ पुस १० बुधवार ०७:३७
shares

काठमाडौं । हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
जसका कारण हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात भइरहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणता बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा भने सामान्य बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणता बदली रही केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।












