आफ्नो लागि नभै हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला
वि.सं.२०८१ पुस १० बुधवार १५:१६
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरूले राजनीति गर्नुपर्ने बताएका छन् ।
बुधबार स्व राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा नै अडिग रहेर राजनीति गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘जीवन हामीले एक चोटि पाउने हो । तपाईँले कसरी प्रयोग गर्नुहुन्छ रु तपाईँको परिचय तयसबाट हुन्छ । मरिसकेपछि मान्छेले सम्झिन्छन् । आज बिपी कोइरालालाई किन सम्झिन्छौँ रु उहाँ करोडपति त हुनुहुन्थ्यो । बिपीले आफ्नो लागि नभएर अरूको लागि आफ्नो जीवन प्रयोग गर्नुभयो । तपाईँ आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुन्छ । आफ्नै बारेमा मात्र चिन्ता गरेर गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन । हाम्रो समाज कस्तो छ रु हजारौँ वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो । बिपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ।’
साथै उनले आफ्नो लागि नभै अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए । उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए ।











