कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्ने
वि.सं.२०८१ पुस १० बुधवार १६:२७
949
shares
shares

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ ।
समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्तापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।
यस्तै, काठमाडौं महानगर प्रहरीहरुले कवाड व्यवासायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको पनि उनले बताएका छन् ।
उनले अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।











