६७ जना यात्रु सवार जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार

910
shares

काठमाडौं । कजाकस्तामा भएको जहाज दुर्घटनामा २५ जनालाई जीवितै उद्धार गरिएको छ ।

अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना भएको थियो । कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले यस जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ । यो जहाज एउटा खुला चौरमा गएर बजारिएको हो ।

त्यसपछि जहाजको केही भागमा आगो लागेको छ । पुच्छरतिरको भाग उछिट्टिएर अर्कातिर खसेको छ ।

यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जहाजमा उचाइमा रहेका बेला तलतिर झर्ने क्रममा आगो लागेको थियो । तर दुर्घटनाको कारण खुलेको छैन ।

समाचार एजेन्सी रोटर्सका अनुसार खिचिएको एक भिडियोमा जहाज तीव्र गतिमा तलतिर झरिरहेको थियो । जसको ल्यान्डिङ गियरसमेत तलतिर थियो ।

तर जहाजले आपतकालीन अवतरणको कोशिश गर्नेबित्तिकै आगो लागेको थियो । यस जहाजमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।