एमाले र कांग्रेसको सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो : मन्त्री पौडेल
वि.सं.२०८१ पुस १० बुधवार १९:००
shares

काठमाडौं । सञ्चारीका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई स्वागत गरेको छ ।
बुधवार एक विशेष समारोहकाबीच सञ्चारीका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित लगायतलाई स्वागत तथा ज्ञापन पत्र प्रदान गरेको हो।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन् ।
उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु भएको बताएका हुन् ।
उनले भने, ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । झन्डै दुई तिहाइको सरकार बनेको छ । यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परिस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुँदैन । त्यसैले यो सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप निर्माण हुनु हो।’
साथै उनले राजनीतिक दल एकीकृत भइसकेपछि काम गर्ने छुट नरहेको बताए । उनले यो सरकार पनि काममा असफल भए कसले गर्छ भन्दै प्रश्न गरे ।











