एकाबिहानै जाजरकोट केन्द्र बनाएर भूकम्पको धक्का
वि.सं.२०८१ पुस ११ बिहीवार ०७:५८
1.43K
shares
shares

काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायक वडा केन्द्र बनाएर भूकम्प गएको हो ।
४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।











