नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख : मन्त्री पौडेल

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलि (शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गर्नु हो ।

    ‘नेपाल स्वास्थ्य सम्मेलन २०२४ : नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन’ शीर्षकमा उक्त सम्मेलनको उद्घाटन गरिएको छ ।

    यसैबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संसारमा अरू देशले नगरेका उपलब्धिहरू स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरू नेपालले गरिसकेको बताएका छन् । बिहीबार नेपाल हेल्थ कन्क्लेभ २०२४ को कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले क्रमिक रूपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भई अगाडि बढिरहेको बताएका हुन् ।

    उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ति थुप्रै विषयहरू छन् । नेपालले संसारमा अरू देशले नगरेका उपलब्धिहरू कति विषयमा गरेको छ । क्रमिक रूपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ । तर नेपाली जनतालाई अनुभूति गर्ने गरी ,आम नेपालीलाई सेवा प्रदान गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ ।’

    यसै गरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्ने बताए । उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरू भए पनि नेपाली जनतालाई अनुभूति गर्ने गरी समस्याहरूको पहिचान गर्नुपर्ने बताए ।

    उनले भने, ‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्नुपर्छ । नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन के कुराले समस्या गर्‍यो ? बाहिर रहेका नेपालीहरू यहीँ जन्मिनु भएको हो । यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो । उहाँहरूको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ । आफ्नो मातृभूमिप्रति अघात प्रेम समेटेर भावनामा बोकेर नेपाललाई योगदान गर्न कोसिस गरिरहनु भएको छ । त्यस आधारमा योग्यता, क्षमता र अनुभवले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्नको निम्ति कसरी प्रयोग गर्न सकिन्छ ? नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन के कुराले समस्या पुर्‍यायो ? फर्किएर नेपाल आउनका लागि के कुराले समस्या गर्‍यो ? प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ ।’

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation