नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा : गृहमन्त्री लेखक
वि.सं.२०८१ पुस ११ बिहीवार १३:५५
1.48K
shares
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन् ।
बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले नेपाली भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।
उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौँ । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ । कतिपय प्राकृतिक जोखिमहरू छन् । कतिपय मान्छेले बनाएको जोखिमहरू छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौँ ।’
साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।











