कास्कीमा रविको बयान सुरु

923
shares

कास्की । सहकारी ठगी सहित विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका रवि लामिछानेको बयान सुुरु भएको छ ।

जिल्ला अदालत कास्कीमा बिहीबारबाट रविको बयान सुरु भएको हो । यसअघि सोही मुद्दाकी प्रतिबादी लीला पछाई र छविलाल जोशीको बयान सकिएको छ ।

सोमबारबाट बयान सुरु भएको थियो । सोमबार र मंगलवार छविको बयान लिइएकोमा मंगलवार र आज दिउँसो लीलाको बयान लिइएको थियो । बुधबार सार्वजनिक बिदा परेकाले आजबाट पुनः बयान सुरु भएको हो ।