बिहीबारका लागि रविको बयान सकियो, भोलि फेरि लिइने

884
shares

काठमाडौं । सहकारी गठी प्रकरणमा जिल्ला अदालत कास्कीमा आरोपितहरुको बयान लिने क्रम जारी रहेको छ ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिइएको छ ।

उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।

बिहीबार उनको बयान सकिएको छैन, त्यसैले शुक्रवार पनि उनको बयान हुने बताइएको छ ।

प्रहरीले ९० दिनसम्म गरेको अनुसन्धानका आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो । यसपछि अहिले अदालतमा थुनछेक बयान चलिरहेको छ ।