स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्यको माग
वि.सं.२०८१ पुस ११ बिहीवार १८:३१
shares

काठमाडौं । मेडिकल व्यावसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण प्रणालीमा सिन्डिकेट अन्त्यको माग गरेको छ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट अन्त्यको अभियान सञ्चालन गर्दै आएको पनि जनाएको छ ।
वैदेशिक रोजगारमा जाने श्रमिकको मात्र नभएर आम मानिसको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गरी मेडिकल व्यवसायको क्षेत्रमा देखा परेका विविध समस्या र चुनौतीलाई समाधान गर्नुपर्ने पनि संघले जोड दिएको छ ।
‘तत्कालीन अवस्थामा मलेसिया देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साठगाँठमा नमुना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमति राख्दा राख्दै लागु गरिएको सिन्डिकेट विरुद्ध एकजुट हुनेछौं,’ संघले भनेको छ ।
१) नेपाल सरकार र मलेसिया सरकार बिच मिति २०७५ कार्तिक १२ गते हायात रेजेन्सी, बौद्ध, काठमाडौँ नेपालमा सम्झौता (MOU)भई तत्कालका लागि ६ महिनालाई नमुना कार्यक्रम (Pilot Project) को रूपमा सञ्चालन गर्दै लैजाने सम्झौता पत्रको दफा नं. ६ को उपदफा ई र एफ मा उल्लेख भएको प्रावधानलाई मध्य नजर गरी नेपालमा हाल सञ्चालनमा रहेका सूचीकृत सबै स्वास्थ्य संस्थाहरू बाट मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न पाउने अधिकार सुनिश्चित गरिदिनु हुन ।
२) मिति २०७५ चैत्र १८ गते प्रकाशित सार्वजनिक सूचना अनुसार मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाहरूले वैदेशिक रोजगार नियमावली २०६४ (चौथो संशोधन) को नियम ४५क बमोजिम सूचीकरण भई मापदण्ड पुरा गरेको खण्डमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने र मिति २०७६ श्रावण २१ गते १२२ वटा मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थाहरूको नामावली मलेसिया सरकारलाई पत्राचार गरेको नजिर ।
३) मिति २०७२ असार २१ गते त्यसबेला अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको पूर्ण बैठकको निर्णय र प्रतिवेदनको राय बमोजिम मिति २०७२ असार २३ गतेको राज्यमन्त्री स्तरीय निर्णय अनुसार कामदारलाई थप आर्थिक भार नपर्ने गरी सिन्डिकेट जन्मिन नदिन तत्कालका लागि बढीमा ६ महिनालाई Bio–metric System लागु गरी सञ्चालन गर्न अनुमति दिने र क्रमशः अरू स्वास्थ्य संस्थामा सो System थप गर्दै लैजाने निर्णय भएको ।
४) नेपाल सरकार र मलेसिया बिचको २०७६ भाद्र २४ र २५ गते मलेसियामा भएको दोस्रो JWG (Joint Working Group) बैठकबाट नेपाल सरकारले पठाएका १२२ वटा संस्था मध्ये हाल ३६ वटा स्वास्थ्य संस्थाहरूले Bio–Medical System (BMS) मा आबद्ध रही स्वास्थ्य परीक्षण गरिने र ती बाहेकको ८६ वटा स्वास्थ्य संस्थाको हकमा आगामी नोभेम्बर २०१९ को पहिलो साता देखि प्राविधिक टोलीबाट मापदण्ड गरिएको नजिर । परीक्षण (Audit) सुरु गर्ने भनी सहमति भएको भएता पनि हाल सम्म पनि सिन्डिकेट यथावत् कायम
५) हालै नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०८० मंसिर १४ गते नयाँ मापदण्ड लागू गरी १९४ वटै स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण समेत गरी ३ वर्षका लागि सूचीकरण तथा नवीकरण पनि गरी सकेको ब्यहोरा समेत जानकारी गराउँदछौँ ।
६) नेपाल सरकारको मौजुदा कानुनमा कुनै पनि क्षेत्रमा Syndicate गर्न नपाइने प्रावधान रहेको कुरा सम्मानित अदालतबाट समेत फैसला भएको कुरा जानकारी गराँदछौं ।











