आजको तरकारी तथा फलफूलको मूल्य सूची
वि.सं.२०८१ पुस १२ शुक्रवार ०८:०२
shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज, लोकल सानो गोलभेँडाको प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेँडा (भारतीय) को मूल्य ६५ रुपैयाँ, सानो तराई गोलभेँडा ६०, सुकेको प्याज (भारतीय) ६०, टाटे सिमी ७० रुपैयाँ, मटर कोसा १ सय रुपैयाँ, लौका ७० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, सेतो लोकल मूला ३५ रुपैयाँ तोकिएको छ ।
यसै गरी, आज लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, हरियो फर्सीको २० रुपैयाँ, तितो करेला १ सय रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कन्या च्याउ १३० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, नेपाली सुन्तला १०० रुपैयाँ, लोकल काँक्रो १०० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ र माछे खुर्सानी ९० रुपैयाँ पुगेको छ ।
यस्तै, झोले स्याउ २४० रुपैयाँ, अनार ३५० रुपैयाँ, अम्बा १०० रुपैयाँ, किवी २०० रुपैयाँ, अभोकाडो २०० रुपैयाँ पुगेको छ ।










